गएरातीको अविरल वर्षाका कारण अवरुद्ध भएको कोसी राजमार्ग एकतर्फी संचालनमा आएको छ।
शनिबार साँझ ६ः३० बजे मुलघाटको अवरुद्ध सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक धुव नारायण श्रेष्ठले जानकारी दिए।
बिहान करिब ६ बजेतिर अबिरल परेको बर्षाको कारण धनकुटाको साँगुरीगढी गापा- ६ कोशी राजमार्गस्थित फेदी भन्ने स्थानमा लेउती खोलामा आएको बाढीले १०० मिटरभन्दा बढी सडक कटान गरेर बगाएको थियो।
सडक बगाएपछि सो क्षेत्रमा यातायात १२ घण्टादेखि अबरुद्ध भएको थियो ।























