उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. १ का नैनसिंह पाण्डेले आफ्नो तीन कट्ठा भन्दा बढी जग्गा हड्पेको भन्दै न्याय दिलाइदिन माग गर्नुभएको छ ।
पत्रकार सम्मेलन गरेर पाण्डेले उर्लाबारी वडा नं. १ का वडाध्यक्ष तिलककुमार पाण्डे र उहाँका ससुरा लालबहादुर खड्काले आफ्नो जग्गा हड्पेको आरोप लगाउनुभएको हो । आफ्नो नम्बरी जग्गा हड्प्ने काम भएको र पटक पटक न्याय माग्दासमेत उर्लाबारी नगरपालिकाको न्याय समितिबाट कुनै सुनुवाई नभएको उहाँको भनाई छ । आफ्नो १ विघा १५ कट्ठा जग्गा रहेको उहाँले जानकारी दिनुभयो । साविक मधुमल्ला–८ (ख) कि.नं. १४७ को ज.वि.०–१७–१५ र २९८ को ज.वि. ०–१७–६ कित्ता गरी १ विगाहा १५ कट्ठामा ३ कट्ठाभन्दा बढी जग्गा अपुग रहेको उहाँले बताउनुभयो । ‘वडाध्यक्ष पाण्डे र खड्काले ३ कट्ठा भन्दा बढी जग्गा मिचेका छन्’ उहाँले भन्नुभयो–‘सत्ता र शक्तिको बल प्रयोग गरेर मलाई अन्याय गर्ने काम भयो, मलाई न्याय दिलाइदिनु प¥यो ।’ पाण्डेले ८(ख) र ८ (ग) को पिलरबाट ल्याएर यकिन गरिदिन पनि उहाँले माग गर्नुभएको छ । बालीको नष्ट गरेको मकैको विउ, मलको बिगो भराई दिन गर्दै उहाँले ८ (ग) लाई जग्गा पुगेन भनेर ८ (ख) मा जान कुनै कानुन भएको प्रष्ट पार्नुभएको छ । वडाध्यक्ष पाण्डेले मनोमानी गरेको भन्दै उहाँले आफुलाई न्याय दिलाउन सबै पक्षलाई अपिल गर्नुभएको छ ।
यता वडाध्यक्ष तिलककुमार पाण्डे आरोप अस्वीकार गर्नुभएको छ । उहाँले आफुले कसैको जग्गा नहडपेको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय