काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे लोत्से हल बानेश्वरमा बस्न लागेको हो ।
बैठकमा संसदमा प्रस्तुत भएको बजेट र समसामयिक विषयमा छलफल हुनेछ ।
जेठ १५ गते बजेट पेश भए पनि विपक्षीहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म अवरोध नहट्ने अडान राखेका छन् ।























