
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ८ को आयोजनामा भएको माध्यमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा देवकोटा माबि प्रथम भएको छ ।
मंगलबार वडा कार्यालयको सभाहलमा भएको उक्त प्रतियोगितामा मिक्लाजुङ–८ का तीन माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । जसमा देवकोटा माबि प्रथम भएको छ भने सरस्वती अंग्रेजी बोर्डिङ स्कुल दोस्रो भएको छ । त्यस्तै, क्यासिकल अंग्रेजी बोर्डिङ स्कुल तेस्रो भएको छ । प्रथम, दोस्रो र तेस्रोलाई शिल्ड र प्रमाणपत्र मिक्लाजुङ गाउँपलिका वडा नं. ८ का वडाध्यक्ष पूर्णबहादुर कुँवर (प्रवेश) ले वितरण गर्नुभएको छ । उहाँले वडाभित्र रहेका सबै विद्यार्थीहरुलाई विद्यालयको पँहुजमा ल्याउन वडा कार्यालय तयार रहेको बताउनुभयो । शिक्षा क्षेत्रको विकासमा वडाले जोड दिइरहेको बताउँदै उहाँले कोही ड्रेस वा पैसा नभएर पढ्न पाउनुभएको छैन भने वडाले व्यस्थापन गरिदिने बताउनुभयो । कार्यक्रममा सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्वअध्यक्ष सरोज बस्नेत, पूर्व सचिब सन्तोष गौतम, पत्रकार खगेन्द्र चौहान, पुजन दासलगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन वडा सचिब उमादेवी मगरले सञ्चालन गर्नुभएको थियो ।