
उर्लाबारी । उर्लाबारी नगरपालिकाले ३ बर्षभित्र गरेका काम सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरी ३ बर्षमा गरेका काम र भाबी योजना सार्वजनिक गरेको हो । नगरप्रमुख गंगाप्रसाद खरेलले तीन बर्षमा गरेका कामहरुको बेलिबेस्तार सुनाउनुभएको छ । पूर्ण पाठ यस्तो छ ।
प्रेस विज्ञप्ति
मितिः2082/02/20
आदरणीय पत्रकार मित्रहरु,
यस नगरपालिकाले गएको तीन वर्षमा सार्वजनिक सरोकारका विषय तथा जनहितमा केही उल्लेखनीय र प्रभावकारी कार्यक्रम तथा योजना कार्यान्वयन गरेको छ । नगर कार्यपालिकाको निर्णयका आधारमा भए गरेका कार्यक्रमको वारेमा जानकारी दिन यो पत्रकार सम्मेलन आयोजना गरिएको छ । यस कार्यक्रममा हाम्रो आमन्त्रणलाई स्वीकर गरी यहाँसम्म उपस्थित हुने सम्पूर्ण पत्रकार एवं सञ्चारकर्मीहरुलाई नगरपालिकाको तर्फबाट स्वागत तथा धन्यवाद व्यक्त गर्दछु ।
यस नगरपालिकामा स्थानीय तहको दोस्रो निर्वाचनपछि हामीले पद वहाली गरेको विदितै छ । नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको हैसियतले हामीले निर्वाचन पछिको तीन वर्ष पुरा गरी सकेका छौ । सर्वप्रथमतः उर्लाबारी नगरपालिकाले बेरुजु शुन्यमा झार्नेतर्फ उन्मुख भएकोमा हामी गौरवान्वित छौ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन अनुसार उर्लाबारी नगरपालिकामा २ अर्ब ६३ करोड ५४ लाख ४४ हजार रकमको लेखापरीक्षण गरिएकोमा १ करोड ६५ लाख ११ हजार अर्थात् ०.६३ प्रतिशत बेरुजु देखिएको छ । जुन विगत वर्षहरुको तुलनामा भारी मात्रामा घटेको सुचक हो । मोरङ जिल्लाको हकमा कम बेरुजु हुने पालिकामा उर्लाबारी नगरपालिका तेस्रो स्थानमा रहेको अवगत गराउन चाहन्छौ ।
वेरुजु विवरणः
2079/80 सम्मको कुल वेरुजु- रु 32,91,31,008
2080/81 वेरुजु- रु 5,57,01,695.66
जम्मा- रु 38,48,32,703.66
फर्स्यौट विवरणः
विगत 2079/80 सम्मको समपरीक्षण गरि फर्स्यौट – रु ११,92,47,634.31
2080/81 को प्रतिक्रियाबाट हटाईएको वेरुजु – रु 3,87,07,567
जम्मा- रु 15,79,55,201.69
नगरपालिकाले यस अवधिमा गरेका मुख्य मुख्य कार्यहरु यहाँ प्रस्तुत गर्दछुः
सडक पूर्वाधारतर्फः
उर्लाबारीका भित्री बाटाहरुको कालोपत्रे गर्ने कार्यमा “आस्पाल्ट” प्रविधिको मात्र प्रयोग गरी निर्माणका कामहरु तोकिएको समयभित्रै सम्पन्न गरिएको छ । यसबाहेक भित्री बाटाहरुको स्तरोन्नति गरी ग्राभेल गर्ने, कुलोपैनी, कल्भर्ट निर्माण गर्ने, खोला तटबन्ध गर्ने, व्यवस्थित र दिगो किसिमका ड्रेन (पक्कि नाला) निर्माण गर्ने, साइड वाल निर्माण गर्ने कामहरु हुँदै आएका छन् । यसअघि निर्माण भएका कालोपत्रे सडकहरुको अवस्था जीर्ण र नाजुक थिए । भत्किएका र खाल्डाखुल्डीले सहरी सौन्दर्यमै आँच आउने ति सडकहरुको स्तरोन्नति गरिएकोपनि सहर्ष जानकारी गराउदछौ । जसमा उर्लाबारी चौकको पशुपतिमार्ग – बरगाछी चौक – बाघखोर – स्कुलडाँडा – फागु टोलसम्म, यसैगरी आइतबारे – छाताचौक सडक, मंगलबारे चौकबाट तेली खोला पुल तथा थापाचौकबाट माझी चौक र त्यसको दायाँबायाँ कालोपत्रे सडकलाई स्तरोन्नति गरिएको हो । ओमशान्ति टोल जाने सडक, वडा नं. ७ मा रहेको पूर्व उप- प्रमुखको घर पूर्व तर्फको बाटो, स्कुलडाँडास्थित राधिका मा.वि. पुर्व पशुपति मार्ग जोडने सडमा पेवलिङ, बल्क गर्ने कार्यहरु यसै आ.व. मा सम्पन्न हुने चरणमा छन् ।
समग्रमा पद बहालीको तीन वर्षे कालखण्डमाः
कालोपत्रे सडक १७.८ किलो मिटर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, ग्राभेल सडक ३५.२ किमि. तथा ड्रेन (पक्कि नाला) १२.५९ किमि. निर्माण सम्पन्न भइसकेको अवस्था छ । भवनहरुको थप कार्य मर्मत तथा व्यवस्थापन संख्या ११६ पुगेको छ । पक्कि कल्भर्ट संख्या १७ वटा, पेभिङ्ग ब्लक सडक ९.४ किमि., साइड वाल निर्माण १६.३८ किमी. विस्तार भएका छन् । तटबन्ध संख्या १८ वटा निर्माण गरिएको छ भने १.९८ किमि. बाटोको नयाँ ट्रयाक खोल्ने कार्य गरिएको छ । १३६ मिटर स्पर निर्माण गरिनुका साथै ३० मिटर सिंचाईका लागि कार्य गरिएको छ ।
भौतिक पुर्वधार र अन्य प्रगतितर्फः
• नगरको गौरवको आयोजनाको रुपमा रहेको बक्राहा बिष्णु गंगा घाटलाई बक्राहा विष्णु गंगा धामको रुपमा विकास गरी धार्मिक पर्यटकस्थल निर्माण गर्ने कार्यमा ठेक्का प्रक्रियाबाट तथा उपभोक्ताबाट निर्माण कार्यलाई तीब्रताका साथ अघि बढाइएको छ । यस घाटलाई उर्लाबारी, रतुवामाई, दमक, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिका सहितको एकीकृत घाटको रुपमा विकास गर्दै पवित्र धाम निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको धार्मिक गन्तव्यको रुपमा स्थापित गर्ने योजना बनाइएको छ । आ.व. 2082/083 मा संचालनमा ल्याईने तयारी रहेको छ ।
• विश्व बैंकको अनुदान सहयोगमा वडा नं ३ को कृष्ण चोकदेखि वडा नं २ को सुनझोडा सामुदायिक वन कार्यालयसम्म ५.२ किलोमिटर सडक स्तरोन्नति कार्य भइरहेको छ । साथै, विश्व बैंकमार्फत लैङ्गिक हिंसा रोकथाम, पुनस्र्थापना तथा न्युनीकरणका लागि थप कार्यक्रमको लागि उर्लाबारी नगरपालिका छनौट भई चालु आर्थिक वर्षबाट शुरु भएको छ । पहिलो वर्षको लागि रु ४० लाख प्राप्त भएको छ भने भने आगामी दुई वर्षसम्म निरतर रहने अवस्था रहेको छ ।
• जापानीज संस्थाको प्राविधिक र आर्थिक सहयोगमा २७ करोडको लागतमा बहुवर्र्षीय योजनाको रुपमा तेली खोला तटबन्धन कार्य पल्लो तेलीमा सम्पन्न भएको छ भने चालु वर्षमा वल्लो डुम्रे तेली तटबन्धन कार्य सुरु भएको छ । अर्को वर्षमा पूर्ण योजना सम्पन्न हुने छ । जुन योजना अन्तर्गत तेली खोला र सोल्टी खोलामा ७ कि.मि भन्दा बढी तटबन्धन हुने छ ।
• प्रदेश पूर्वाधार मार्फत किसानचौक कत्ले सडक निर्माण गर्ने काममा पहल गरी निर्माण कार्य सम्पन्न भएको छ ।
• उर्लाबारी नगरपालिकालाई सिमसार क्षेत्रको शहरको रुपमा विकास गरी उर्लाबारीमा भएका सामुदायिक वनक्षेत्रभित्र रहेका सिमसारहरुलाई संरक्षण र सम्बर्धन गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन परापर्यटन सञ्चालन तथा व्यवस्थापन कार्यविधि बनाई सामुदायिक वनसँग साझेदारीमा आम्दानीमा साठी÷चालिस हुनेगरी पर्यापर्यटनको सम्भाब्यता बोकेका सामुदायिक वनसँग साझेदारीमा सम्झौता गरी कार्य अघि बढाइएको छ ।वेतिनी सिमसारको विकाश र प्रवर्धमा निजि क्षेत्रको लगानी गर्ने वतावरण बन्दै गएको छ ।
• सामुदायिक वनका खाली जग्गामा साझेदारीमा अदुवा, बेसार खेती कार्यक्रम गत आर्थिक वर्षबाट शुरु भएकोमा चालु आ.व. बाट केरा खेती समेतलाई बजेटको ब्यव्स्था मिलाईएको छ । सार्वजनिक निजि साझेदारी मार्फत वेतिनि सिमसारमा जेठ चौथो हप्ता MOE हुने जनाकारी प्राप्त भएको छ ।
• सामुदायिक विद्यालयको गुणस्तर सुधार अन्तर्गत ऐन र नियमावली बनाई सबै सामुदायिक विद्यालयमा विद्यालय ब्यवस्थापन समिति, शिक्षक अभिभावक संघ गठन गरी क्रियाशील गरिएको छ । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक बिचमा कार्य सम्पादन करार सम्झौता गराई विद्यालयको भौतिक तथा शैक्षिक सुधार गर्ने प्रयास गरिएको छ । चालु शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । राष्ट्रिय योजना आयोगबाट बिशेष अनुदान अन्तर्गत उर्लाबारीको क्वालिटी लिट्रेशी प्रोजेक्टमा बहुवर्षीय योजनाको रुपमा रु नौ करोड चौरानब्बे लाखको योजना स्वीकृत भई गत वर्षमा रु २ करोड विनियोजन भएकोमा आवश्यकताको आधारमा सबै विद्यालयको भौतिक तथा शैक्षिक सुधार गरिएको छ भने चालु आ.ब. मा रु ३ करोड रुपैयाँ विनियोजन भएको छ । आगामी आ.व. 2082/083 को लागि 4 करोड 90 लाख प्राप्त हुने सुनिश्चित भएको छ ।
• स्वास्थ्यको क्षेत्रमा निःशुल्क विपन्न तथा ज्येष्ठ नागरिकलाई औषधि उपचार, गर्भवती तथा सुत्केरी महिलाको लागि महिनामा एकचोटी निःशुल्क भिडियो एक्सरे, १७४३ घर परिवारको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम, सुगर प्रेसरका बिरामीलाई निःशुल्क औषधि बितरण जस्ता कार्यक्रम सञ्चालन गरिएको छ । उर्लाबारी,८ दुर्गापुरीमा आयुर्वेद औषधालय भवन निर्माण सम्पन्न भई आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको छ । स्वास्थ्य बिमामा छुट हुन गएका विपन्न नागरिकहरुका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा साझेदारीमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
• सबै नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चिता गर्न विपन्न वर्गलाई आर्थिक सहायता उपलब्ध गराइएको छ । अति विपन्न नागरिकका लागि परिवारका सदस्यको मृत्यु भएमा काजकिरिया सहायता सामग्री प्रदान गरिँदै आएको छ । एम्बुलेन्स र शवबाहन प्रयोगलाई थप ब्यबस्थित र प्रभाबकारी बनाउँदै लगिएको छ ।
• २०८० कार्तिक २६ गते उर्लाबारी–७ मा भएको आगलागी नियन्त्रण गर्ने क्रममा घाइते भएकाहरुको उपचार नगरपालिकाको समन्वय र पहलमा संघीय सरकार र प्रदेश सरकारबाट भएको छ भने मृतकको शव व्यवस्थापन, घाइते र कुरुवाको हस्पिटलमा खाना खाजाको व्यबस्था नगरपालिकाले गरेको छ । मृतकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार रु १ लाख रुपैयाँ प्रदान गरिएको छ ।
• भू–उपयोग योजना तयार गरी भूमि वर्गीकरण मार्फत ३६ प्रतिशत भूमि कृषिक्षेत्रको रुपमा संरक्षण गरी नगरपालिकाका १, २, ८ र ९ वडालाई प्रविधि र एक प्राविधिकको ब्यवस्था गरिएको छ । उर्लाबारीमा अन्य क्षेत्रबाट आयातित कृषि उपज निरुत्साहन गर्ने योजना बनाई गत आबबाट माटो जाँच अनिवार्य गरी असल कृषकलाई किसान सूचीकरण कार्डको आधारमा संरक्षण गर्ने योजनाका साथ कार्य अघि बढाइएको छ । खोला किनारका बगरलाई कृषि तथा फलफूल खेती गर्न बगर खेती कार्यक्रम गत बर्षबाट शुरु गरिएकोमा त्यस्ता कार्यक्रमलाई आगामी आ.ब मा पनि निरन्तरता दिइएको छ । चालु आबमा सतह सिचाईलाई प्राथमिकता राखी नक्सामा रहेका सार्बजनिक पैनीहरु सञ्चालन गर्ने योजना बनाइएको छ । उर्लाबारीलाई फूलमा आत्मनिर्भर बनाउने योजना रहेको छ । जस अन्तर्गत गत वर्षदेखि सयपत्री फूल खेतीका लागि निःशुल्क बीउ र मल वितरण गरिएको छ ।
• उर्लाबारीमा रहेका ५ वटा खानेपानीलाई एउटै खानेपानीको रुपमा ऐन निर्माण गरी मंगलबारे, दुर्गापुरी खानेपानीलाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । आगामी २ बर्षभित्रमा उर्लाबारीका सबै टोलमा स्वच्छ पिउने पानीको ब्यबस्था मिलाई बिपन्न तथा गरिबका झुपडीमा १५% लागत साझेदारीमा खानेपानीको धारा जडान कार्यलाई बजेटको ब्यबस्था मिलाई उर्लाबारीलाई स्वच्छ पिउने पानीमा निर्भर बनाउने योजना बनाइएको छ । हाल सम्म 469 परिवारलाई सहुलियतमा धारा जडान कार्य भएकोमा चालु आ.ब मा १०० घरपरिवारलाई सहुलियतमा धारा जडान गर्ने योजना छ । उर्लाबारी खानेपानीमार्फत आसपासका पालिकाहरु दमक, रतुवामाई, पथरीशनिश्चरे र मिक्लाजुङका केही भागहरुमा समेत खानेपानी वितरण गरिएको छ । नेपालकै नमूना खानेपानीको रुपमा संघीय मन्त्रालयबाट उर्लाबारी खानेपानी पुरस्कृत भएको छ । वडा नं. १ र २ मा खानेपानीको ट्याङकी निर्माण कार्य भई रहेको छ ।
• सुकुम्वासी समस्या समाधानमा लागि अवश्यक पहल कदमी भईरहेको छ ।
• नगरका २२ वटा सामुदायिक विद्यालयमा हिंसा र कुरीतिका सम्बन्धमा जानकारी गराउने उद्देश्यले किशोरकिशोरीसँग उप-मेयर कार्यक्रम सञ्चालन गरिएको छ ।
• उर्लाबारी बजारको सौन्दर्यीकरणलाई ध्यान दिई अब्यबस्थित शुक्रबारे बजारलाई बसपार्क उत्तर जग्गा भाडामा लिई स्थानान्तरण गरिएको छ । अन्य ४ वटा बजारको व्यवस्थापन गर्ने कार्य गत वर्षबाट नै अगाडि बढाइएको छ । वडा नं ६ हाटखोलामा निर्माण भएका सटरहरु सञ्चालनमा ल्याउने योजना बनाइएको छ । वार्ड नं ५ को पुरानो बजारलाई पुष्पनगरी नामाङ्कन गरी रिफ्रेसमेन्ट सेन्टरको रुपमा बिकास गर्ने, मावा सौन्दर्यीकरण परियोजना अन्तर्गत मावा खोलाको पश्चिमतर्फ पूर्व पश्चिम हाइवे दक्षिण बोटानिकल गार्डेन निर्माण गर्ने दिशामा हामीले आवश्यक पहलकदमी शुरु गरि निर्माण कार्य प्रारम्भ गरिएको छ ।
• उर्लावारी नगरपालिकाको बिकराल समस्याको रुपमा रहेको डुवानको समस्या समाधान गर्न निर्माणाधीन काकडभिट्टा–लौकही सडक आयोजना तथा खानेपानी तथा ढल निकाश व्यवस्था विभागसँग आवश्यक पहलकदमी भइरहेको छ ।
• उर्लाबारी बसपार्कको स्तरोन्नति गरी सञ्चालन गर्न करिव 18 करोड २८ लाख ऋण अनुदानका लागि नगरविकास कोषबाट चालु आ.ब को बजेटको सुनिश्चितता भइ ठेक्का प्रकिया अन्तिम चरणमा पुगेको छ ।
• भष्ट्राचारमा शुन्य शहनशीलताको नीति अपनाई योजना सञ्चालनमा आवश्यक कानुनको निर्माण, सार्वजनिक जवाफदेहिता बहन गर्ने अवयवहरु सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण तथा जनतासँग जनप्रतिनिधि जस्ता कार्यक्रमहरु सञ्चालन गरिएको छ । भौतिक पूर्वधार तर्फ आयोजनाको गुणस्तर सुनिश्चित गर्न अनुगमनलाई प्रभावकारी बनाउनुको साथै प्रयोगशाला परीक्षणलाई अनिवार्य गरिएको छ ।
• विगत दशौँ वर्षदेखि अलपत्र परी निर्माण सम्पन्न नभएको उर्लाबारी– मधुमल्ला सडक उर्लाबारी नगरपालिकासहितको पहलकदमीमा निर्माण सम्पन्न भएको छ ।सोही सडकको उर्लाबारी-हाटखोला खण्डको दायाँबायाँ अतिक्रमित संरचनाहरु हटाउने कार्य सम्पन्न भएको छ ।
• निजी विद्यालयले लिँदै आएको चर्को शुल्कको नियमन गरी नियमअनुसार शुल्क लिने व्यवस्था गरिएको र १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति अनिवार्य गरिएको छ ।
• विपन्न जनता आवास कार्यक्रम अन्तर्गत १० वटा घर निर्माण गरिएको छ ।
• व्यवसायिक करको दायरा बढाउँदै कारोबारका आधारमा करको दर निर्धारण गर्ने प्रक्रिया अघि बढाइएको र घर धनीलाई नै स्वघोषणा गर्न लगाई घरबहाल कर संकलन गर्न सुरुआत गरिएको छ ।
• उर्लाबारी वडा नं १ र ६ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । वडा नं. २,७ र ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । आगामी आ.व. 2082/083 मा उर्लाबारी नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी गरिएको छ ।
• नगरमा भएका ऐलेनी, पर्ती र खोला उकास जग्गाको खोजी वडा नं. ४ बाट सुरु गरी करिब तीन विगाहा खोला उकास जग्गा नगर मातहत ल्याइएको छ । उर्लाबारी ५ मा अवस्थित नेपाल बैक पछाडी रहेको खाली जग्गा नगर पालिका मातहतमा लाई सामुदायीक भवन सहितको सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउने योजना बनाईएको छ।
• सेवाग्राहीहरुलाई छिटो, छरितो सेवा प्रवाह गर्नका लागि प्रत्येक वडामा हेल्प डेस्कको व्यवस्था, निःशुल्क फोटोकपीको व्यवस्था गरिएको छ ।
प्रशासन, कानून निर्माण एवम् संस्थागत विकास तर्फः
• हालसम्ममा 1१ वटा नियमित तथा २ वटा बिशेष गरि जम्मा 14 वटा नगरसभा अधिवेशन सम्पन्न भएका छन् ।
• हाल सम्म 130 वटा कार्यपालिका बैठक बसेको छ ।
• संगठन तथा व्यवस्थापन सर्वेक्षण अध्यावधिक गरी कुल दरबन्दी संख्या १८8 स्वीकृत भएकोमा पदपुर्ति संख्या 141 र रिक्त संख्या 47 रहेको छ । साथै रिक्त पदमा पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोग समक्ष पठाईएको छ।
• हालसम्म कार्यपालिका र नगरसभाबाट निम्नानुसारका जम्मा 133 वटा कानुनहरु निर्माण भएका छन् ।
क. ऐन – 38 वटा
ख. आचारसंहिता – 3 वटा
ग. निर्देशिका – 14 वटा
घ. कार्यविधि – 66 वटा
ङ. नियमावली – 10 वटा
च. नीति – १ वटा
छ. मापदण्ड – १ वटा
चालु आ.व. 2081/082 मा भएका उल्लेखनीय कार्यहरुः
महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा तर्फः
• ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, अपांगता दिवस तथा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको
• उपमेयरसँग किशोर किशोरी कार्यक्रम सन्चालनमा रहेको
• GESI audit सम्पन्न गरिएको ।
• विविध सीप विकास तालिमहरु सम्पन्न गरिएको ।
• अल्जाइमर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको ।
• अपांगता भएका व्यक्तिहरुका लागि परिचय पत्र वितरण शिविर सन्चालन
• अपांगता परिचय पत्र जम्मा ९२ थान वितरण
• ज्येष्ठ नागरिक परिचय जम्मा 104 थान वितरण
• उद्यम विकासका लागि सामाजिक परिचालन सहभागितामूलक ग्रामीण लेखाजोखा PRA कार्यक्रम ७० जना
शिक्षा, युवा तथा खेलकुद विकासतर्फः
• विद्यालयहरुको अनुगमन गरी विद्यालयको भौतिक अवस्था, शिक्षकको नियमितता, लेखा व्यवस्थापन, जिन्सी व्यवस्थापन लगायतका पक्षहरुको अनुगमन तथा निरीक्षण गरिएको ।
• राष्ट्रिय योजना आयोगबाट शैक्षिक गुणस्तरका लागि आएको कार्यक्रम कार्यान्वयन गर्नका लागि हरेक विद्यालयहरुको आवश्यकता पहिचान गरि कार्य-योजना निर्माण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिएको ।
• खेलकूद प्रवर्धन तथा विकासका लागि विनियोजन भएको रकमको बाँडफाँड गरी खेलकूदका कार्यक्रमहरु सञ्चालनमा ल्याइएको ।
• शिक्षकहरुलाई कम्प्युटर सम्बन्धी तालिम सञ्चालन गरिएको ।
• बालविकास केन्द्रलाई सबलिकरण गर्ने प्रयोजनार्थ सबै सामुदायमा आधारित र विद्यालयमा आधारित बालविकास केन्द्रको अनुगमन –सुपरिवेक्षण गरी आवश्यकताको विश्लेषण गरी कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाइएको ।
• संघीय ससर्त अनुदानबाट प्राप्त ICT कार्यक्रम विद्यालयलाई उपलब्ध गराइएको ।
स्वास्थ्य सेवातर्फ:
• ४० जना अति बिपन्न, गरिब, सर्वहारा वर्गहरुलाई आकस्मिक स्वास्थ्यसेवा तथा दीर्घ रोगीहरुको उपचारको लागी आर्थिक सहायता प्रदान गरिएको छ ।
• बिपन्न नागरिकहरुलाई उपचार सहुलियत दिदै आएका रोगहरुका बिरामीलाई यातायात खर्च बापत ७ जनालाई रु ६०,०००। एम्बुलेन्स भाडा प्रदान गरिएको छ।
• ५० नयाँ बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आबद्द गरिएको छ र हालसम्म जम्मा १८४३ बिपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आबद्द गरिएको छ।
• बिपन्न नागरिकहरुलाई कडा आठ प्रकारका रोगहरुको एकलाख बराबरको सहुलियत उपचारको लागि ८६ जना बिरामिहरुलाई सिफारिस गरिएको छ।
• मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा उपचार सहायता कार्यक्रम अन्तर्गत ७ जना बिरामिहरुलाई उपचारको लागि सिफारिस गरिएको छ ।
• ६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरुलाई दोस्रो चरणको भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।
• ३,८६१ जना कक्षा ६ देखि १० सम्मका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्दको HPV खोप लगाइएको छ ।
• बिधालय स्वास्थ्य तथा पोषण कार्यक्रम संचालन गरिएको छ ।
• १३७ जना मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामिहरुलाई औषधि उपचार बापत मासिक ५ हजारको दरले उपचार खर्च उपलब्ध गराईएको छ।
• सुनौला हजार दिन कार्यक्रममार्फत आमाहरुलाई पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
• महिला स्वास्थ्य स्वयसेविकाहरुलाई नसर्ने तथा मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
सूचना प्रविधि तथा अभिलेख व्यवस्थापनतर्फः
• ई-गभरनेन्सको अवधारणलाई कार्यान्वयनमा ल्याउन साथै नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयको दैनिक कार्य सम्पादन चुस्त, दुरुस्तरुपमा सम्पन्न गर्न सञ्चालनमा रहेको अफिस अटोमेसनलाई अध्यावधिक र थप परिष्कृत गर्दै लगिएको ।
• सुशासन कायम गर्न नगरपालिका र अन्तर्गतका कार्यालयमा विधुतिय हाजिरीको व्यवस्था गरिएको ।
• नगरपालिकाको ठेक्का प्रणालीलाई E-bid मार्फत सञ्चालन गर्ने नीतिलाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै ४४ वटा योजना तथा कार्यक्रमको ठेक्का प्रकृया विद्युतीय ठेक्का प्रणालीबाट सम्पन्न गरिएको ।
• सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता ल्याउन नगरपालिकाको कार्यालय र वडा कार्यालयमा रहेको सिसिटिभि क्यामेरालाई नियमित मर्मत गरिएको साथै यस आ.व.मा नगरको विभिन्न सार्वजनिक स्थलमा सिसिटिभि क्यामेरा जडान गरिएको ।
• नगरबाट भए/गरेका काम कारवाहीको अध्यावधिक विवरणलाई नगरवासीलाई सुसूचित गराउन त्रैमासिकरुपमा नगरपालिकाको वेबसाईट मार्फत स्वतः प्रकाशन प्रकाशन गरिदै आएको ।
• विधुतिय सूचना प्रणाली Web Sms सञ्चालनमा रहेको ।
• नगरपालिका र वडा कार्यालयमा प्रयोगमा आएका कम्प्युटर, प्रिन्टर, सफ्टवेयर लगायतका उपकरणहरुमा आएका समस्याहरुको प्राविधिकरुपमा समाधानका लागि प्रयास गरिदै आएको ।
• गरिव घरपरिवार पहिचानका लागि प्रारम्भिक सूची 721 जनाको प्रकाशन गरिएकोमा गुनासो सुनुवाईको कार्य सम्पन्न गरिएको ।
कृषि शाखातर्फः
• ५०% अनुदानमा मौरीलाइ कृत्रिम आहारा (चिनि-3431 के.जी. र सातु- 502 के.जी) वितरण कार्यक्रम सञ्चालन गरिएको ।
• फुलखेती प्रबर्द्धन (सयपत्री फुलको विउ-23 प्याकेट, ढुशिनाशक विषादी-35 प्याकेट, शुक्ष्मखाद्यतत्व-31 प्याकेट, पि.जि.आर-30 बोतल र प्राङ्गारिक मल-2000 के.जी.) कार्यक्रम सञ्चालन गरिएको ।
• खद्यान्न बालिको उन्नत विउ उपयोगमा अनुदान (धान, गहुँ) (गहुँको विउ वितरण- 9000 के.जी) कार्यक्रम संचालन गरिएको ।
• उन्नत जातको मकैको विउ वितरण कार्यक्रम (50% अनुदानमा) (सि.पी. 808 जातको मकैको विउ वडा नं 1,2,4,5,6,9 मा 4290 के.जी) कार्यक्रम संचालन गरिएको ।
• मकै छोडाउने मेशिन वितरण कार्यक्रम 75% अनुदान वडा नं. 2, 4, ५ र ६ मा- 22 थान वितरण कार्यक्रम संचालन गरिएको ।
• मकै रोप्ने मेशिन वितरण कार्यक्रम 75% अनुदान वडा नं. 2, 5 र ६ मा- 36 थान वितरण कार्यक्रम संचालन गरिएको ।
• विषादी छर्ने स्प्रेयर वितरण कार्यक्रम 75% अनुदान वडा नं. 2,६ र ७ मा- 45 थान वितरण कार्यक्रम संचालन गरिएको ।
• चैतेधान प्रबर्द्धन कार्यक्रम (चैतेधान आत्मनिर्भर कार्यक्रम) (चैते धानको विउ हर्दिनाथ 1-14000 के.जी, विषादी (बेबिष्टिन)-280 प्याकेट, त्रिपाल (12*15)-265 थान, प्लाष्टिक (ओडाउने)-340 मिटर र सप्रेयर (टु इन वान)- 94 थान
• बगर खेती विकास कार्यक्रम (50% अनुदान) खरबुजाको विउ- 397 प्याकेट, मल्चिङ्ग प्लाष्टिक-24 रोल, स्प्रेयर –30 थान, फेरोमेन ट्रयाप-800 पिस, प्राङ्गारिक मल-2000 के.जी वितरण कार्यक्रम संचालन गरिएको ।
• तरकारीको विउ वितरण ५०% अनुदान कार्यक्रम वडा नं. 1,3, र 5 मा स्वास फर्सी-55 प्याकेट, काक्रा- 152 प्याकेट, बोडी-114 प्याकेट, करेला-99 प्याकेट, भिण्डी-58 प्याकेट वितरण कार्यक्रम संचालन गरिएको ।
• मकैको विउ खरिद कार्यक्रम वडा नं. 6 टि एक्स 369 मकैको विउ 152 के.जी वितरण कार्यक्रम संचालन गरिकएको ।
• माटो परीक्षणको लागि रिएजेन्ट तथा कृषि सामाग्री तौल गर्नका लागि डिजिटल तराजु, मोइस्चर मिटर खरिद कार्यलयको लागि तराजु- 5 थान,, मोइस्चर मिटर-2 थान, र 300 स्याम्पल माटो परिक्षण कार्यक्रम संचालन गरिएको ।
• 50% अनुदानमा मल्चिङ प्लाष्टिक वितरण 175 रोल वितरण कार्यक्रम संचादन गरिएको ।
• माटो सुधारको लागि शुक्ष्म खाद्यतत्व ५०% अनुदानमा दानेदार प्राङ्गारिक मल- 19000 के.जी र दानेदार शुक्ष्मखाद्यतत्व -1000 के.जी. वितरण कार्यक्रम संचालन गरिएको ।
पशु स्वास्थ्य विकास कार्यक्रम तर्फः
• प्रयोगशाला सेवाः
गोबर परिक्षण/पिसाब परिक्षण/दुध परिक्षण/रगत परिक्षण समेत प्रगति संख्याः 2७२ (लाभान्वित संख्याः २६६ जना
• पशु स्वास्थ्य प्रबर्धन तथा पशुपन्क्षि उपचार/ माइनर सर्जिकल उपचार सेवाः
गाइभैसि/बाख्रा/बंगुर/कुखुराहाँस/कुकुर आदि प्राथमिक उपचार तथा परजिबि नियन्त्रण संख्याः ४१,९५५ लाभान्वित संख्याः ५८१९ जना
• कृत्रिम गर्भाधान नश्ल सुधार कार्यक्रमः
कृत्रिम गर्भाधान प्रगति संख्याः 1688 (गाईः 1575 भैसिः 108 बाख्राः 5) लाभान्वित संख्याः १६८८
• रोग निरोधक खोप कार्यक्रमः
o लम्पि स्किन डिजिज खोपः 700 डोज
o खोरेत खोपः ११५00
o रेविज खोपः ९२६ डोज
o पि पि आर खोपः १०६०० संचालनमा रहेको
o स्वाइन फिबर खोपः ४४०० संचालनमा रहेको
• रेविज सप्ताहा रेबिज दिवसः
कार्यक्रम प्रगति २74 खोप लाभान्बित संख्याः २७४
• सामुदायिक कुकुर बन्ध्याकरण शिविर कार्यक्रमः
सम्पन्नः १७५ कुकुर बन्ध्याकरण
• हिउदे घाँस जै बर्षिम बीउ बितरण ७५ प्रतिशत अनुदानः
जै बिउ बितरण २५०० के.जि. लाभान्वित संख्याः ५०५ जना
• बर्षे घाँस टियोसेन्टि/सुडान बीउ बितरण ५० प्रतिशत अनुदानः
टियोसेन्टि बिउ बितरण २२०० के.जि. लाभान्वित संख्याः ३४१जना
• शाखाका अन्य नियमित कामहरुः
o समुह दर्ता सुचिकृतः २ गोटा
o समुह समिति नबिकरणः १९
o व्यवसायिक पशुपन्क्षि फार्म नबिकरणः2७
o पशु मृत्यू बिमा दाबि भुक्तानि सिफारिसः ३7 गोटा
o प्रगति प्रेषण/इपिडिमियोलोजिकल रिपोर्टिङ्गः ९ पटक
o पशु प्राबिधिक दर्ताः १७
सामाजिक सुरक्षा तथा पञ्जिकरण तर्फः
• आ.व. २०८१/०८२ को सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको वायोमेट्रिक प्रविधि बाट नविकरण तथा नया दर्ता गर्नका लागि राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभागले उपलब्ध गराएको १० वटा डिभाइस प्रत्येक वडा तथा नगरपालिकामा सेटअप गरि संचालनमा ल्याइएको ।
• यस आ.व. मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ६६६० जना लाभग्राहीहरुको नविकरण बायोमेट्रिक तथा सामान्य विधिबाट श्रावण र भाद्र महिनामा सम्पन्न गरिएको छ ।
• प्रथम त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ६८७८ रहेको र वितरण गरिएको जम्मा रकम रु. 7 करोड 1 लाख 68 हजार 1 सय 47 रुपैया मात्र EFT मार्फत सोझै लाभग्राहीहरुको खातामा दाखिला गरिएको ।
• दोस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ७०४५ रहेको र वितरण गरिएको जम्मा रकम रु. 7 करोड 15 लाख 54 हजार 7 सय 43 रुपैया मात्र EFT मार्फत सोझै लाभग्राहीहरुको खातामा दाखिला गरिएको ।
• तेस्रो त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ७१७७ रहेको र वितरण गरिएको जम्मा रकम रु. 7 करोड 47 लाख 22 हजार 2 सय 31 रुपैया मात्र EFT मार्फत सोझै लाभग्राहीहरुको खातामा दाखिला गरिएको ।
• यस आ.व. को चैत्र मसान्त सम्ममा जन्मदर्ता संख्या ७६८, मृत्युदर्ता संख्या ३७७, विवाह दर्ता संख्या ४००, सम्बन्ध विच्छेद संख्या ८२, बसाई सराई आएका दर्ता संख्या ३६३ र बसाई सराई गएका दर्ता संख्या १९३ गरि जम्मा २१८३ वटा घटना दर्ता भएका छन् ।
सहकारी तथा संघ संस्था तर्फः
• आ.व. 2081/082 को चैत्र मसान्त सम्म ५ वटा गरि जम्मा 17 वडा सामाजिक संस्था दर्ता गरिएको छ ।
• सहकारी संस्थाहरुको अनुगमन कार्य संचालन भइरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फः
• ३० वटा श्रममूलक आयोजना सम्झौता भएको जस मध्ये ११ वटा योजना भुक्तानि भएको र 135 जना सुचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रदान गरिएको ।
• श्रम स्विकृति तथा पुनःश्रम स्विकृतिका निम्ति सहजिकरण गरि हाल 2९९ जना व्यक्तिलाई पुनःश्रम स्विकृति पत्र दिइएको ।
• वैदेशिक रोजगारीमा गएको व्यक्तिको परिवारलाई वैदेशिक रोजगार बोर्डवाट प्रदान गर्ने कल्याणकारी सेवा अन्तर्गत मृत्युको क्षतिपुर्ति रकम ५ जना व्यक्तिलाई र पारिवारिक स्वास्थ्य उपचारको लागि ६ जना गरि जम्मा 11 जना व्यक्तिलाई आर्थिक सहयोग दिलाउन फारम अगाडी बढाईएको साथै 20जना बालबालिकालाई छात्रवृत्ति दिलाउन सहजिकरण गरिएको ।
• कार्यस्थलमा आधारित ५० दिनको (डकर्मी तालिम) सम्पन्न भएको ।
न्यायिक समितिबाट भएका कार्यः
o दर्ता भएका जम्मा बिवाद संख्या : 52 वटा
o समाधान भएको विवादको संख्या : 20 वटा
o प्रक्रियामा रहेका विवाद : 32 वटा
आपतकालिन कार्यसञ्चालन केन्द्र तर्फः
• उर्लाबारी नगर कार्यपालिकाको कार्यालयमा २४ सैं घण्टा सूचना तथा सञ्चार व्यवस्थापनका लागि आपतकालिन कार्यसञ्चालन केन्द्र सञ्चालनमा रहेको ।
• बारुणयन्त्रबाट नगरक्षेत्रका जम्मा 22 वटा र नगरक्षेत्र बाहिरका जम्मा 18 वटा आगलागीका घटनामा नियन्त्रणको कार्य गरिएको ।
• नगरपालिकाबाट सञ्चालित एम्बुलेन्सबाट 123 जनालाई निशुल्क र 83 जनालाई श-शुल्क गरी जम्मा 206 जनालाई सेवा प्रदान गरिएको छ ।
• नगरपालिकाबाट सञ्चालित शववाहनबाट 164 जनालाई निशुल्क र 21 जनालाई स-शुल्क गरी जम्मा 185 जनालाई सेवा प्रदान गरिएको छ ।
• विभिन्न विपद्का घटना (आगलागी, हात्ति पिडित, हावाहुरी, माछा क्षतिपुर्तिले क्षति) बाट पीडित परिवार संख्या 21 लाई राहत स्वरुप जम्मा रकम रु. 3,62,०००।० प्रदान गरिएको ।
• विपन्न आर्थिक सहायता बाट 37 जना लाई रु 2,89,032 प्रदान गरिएको छ ।
नगरपालिकाका भावी योजनाहरुः
1. आवश्यक सम्पूर्ण स्थानहरुमा बक्स कल्भर्ट (पुल) निर्माण कार्य आरम्भ गर्ने योजना रहेको छ । झुम्राहा, देविझोडा, बाँसेचौरी, इलाका प्रशासन कार्यालय जाने बाटो सहितअन्य आवश्यक स्थानमा आगामी २ वर्षमा सम्पन्न गर्ने ।
2. समुदाय समेतको सहभागितामा अत्याधुनिक प्रविधिमा आधारित समुदाय तथा निजी क्षेत्रको समेत संलग्नतामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने योजना बनाइएको छ ।
3. पुष्पनगरी, चोक उत्तर बजार सौन्दर्यीकरण सम्पन्न गरी दक्षिण तर्फ समेत सुरुवात गर्ने योजना रहेको छ ।
4. आगामी २ वर्ष भित्रमा बसपार्क निर्माण सम्पन्न गर्ने ।
5. शैक्षिक गुणस्तर सुधारका लागि सबै सामुदायिक विद्यालयको आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्ने ।
6. राजघाट स्वास्थ्य चौकीलाई नगर अस्पतालको रुपमा रुपान्तरण र पशुपंक्षी विकास शाखालाई भेटेरिनरी अस्पतालको रुपमा रुपान्तरण गर्ने योजना रहेको छ ।
7. वडा नं. ५, नेपाल बैंक पछाडी सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण र यसलाई अन्य सार्वजनिक स्थलमा समेत विस्तार गर्ने ।
8. अपाङ्गमैत्री भवन निर्माण सम्पन्न भएको र यसलाई सञ्चालनमा ल्याई अपाङ्गता भएका व्यक्तिहरुको हित प्रबर्द्धन गर्ने ।
9. आगामी २ वर्ष भित्रमा बक्रा करिडोर निर्माण सम्पन्न गर्ने ।
10. नगर प्रमुख कृषि मार्ग, आगामी २ वर्षमा निर्माण सम्पन्न गर्ने ।
11. हालसम्म प्राप्त माग निवेदनका आधारमा सम्पूर्ण माग सम्बोधन गरी उज्यालो उर्लाबारी अभियानलाई थप विस्तार गर्ने ।
12. वडा नं. ४ को वडा कार्यालय भवन आगामी आ.व २०८२।०८३ भित्र निर्माण सम्पन्न गर्ने ।
13. आवश्यक स्थानको पहिचान गरी बाल उद्यान निर्माण गर्ने, सामुदायिक योग भवन निर्माण कार्य अगाडी बढाउने ।
14. सुरक्षित आश्रयस्थल अन्तरगत वडा नं. १, वडा नं. ४ र वडा नं. ९ मा निर्माण सम्पन्न गर्ने ।
15. बक्रा विष्णुगंगा घाटलाई धामको रुपमा विकास गर्न यज्ञ सञ्चालन गर्न सहजिकरण गर्ने ।
16. नारी शिल्पकलाको नाममा रहेको जग्गा नेपाल सरकारको नाममा दर्ता भइसकेकोले आगामी आ.व २०८२।०८३ बाट प्लानेटोरियम निर्माण कार्य सुरु गर्न आवश्यक पहल भैरहेको ।
17. कृषिलाई प्रविधिमैत्री बनाउदै यान्त्रिकीकरण गर्दै, कोल्डरुम निर्माण गर्ने कार्यको सुरुवात गर्ने ।
18. परापर्यटन विकास र प्रबर्द्धन गर्न वडा नं. ८ र ९ मा रहेको रातेहोलीको आवश्यक प्रबर्द्धन र विकास गर्ने ।
र, अन्त्यमा,
बढ्दो जनसंख्या, सिमित स्रोत साधन, धेरै आवश्यकता वीच स्रोत साधनको सही प्रयोग गर्दै व्यवस्थित, समृद्ध र सुन्दर नगर निर्माणका लागि हाम्रो प्रतिवद्धता रहेको छ । यसका लागि सवै नगरवासी तथा संचारकर्मीको साथ सहयोगको अपेक्षा राख्दै उपस्थितिका लागि सवैमा धन्यवाद ज्ञापन गर्दछौं ।