
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय (इप्रका) उर्लाबारी र लागुऔषध विशेष ब्युरो शाखा कार्यालय काकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले रजत थापा (उमेर ३८), उर्फ मिथुनलाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक रञ्जन बराल (इप्रका उर्लाबारी) र प्रहरी नायब उपरीक्षक सोमेश लामिछाने (लागुऔषध विशेष ब्युरो, काकडभिट्टा) को नेतृत्वमा खटिएको टोलीले थापाको घरमा खानतलासी गर्दा खैरो हिरोइन जस्तो देखिने वस्तु ६० ग्राम (प्लास्टिकसहित), कोरेक्स जस्तो देखिने ४१०० एमएल लिक्विड (५ बोतलमा), नगद रू. २,८८,२५० र २ थान डिजिटल तराजु फेला पारेको जनाएको छ।
पक्राउ परेका थापालाई थप अनुसन्धानको लागि इप्रका उर्लाबारीमा राखिएको छ। प्रहरीले लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजीकार्य तीव्र पारेको जानकारी दिएको छ। घटनास्थल इप्रका उर्लाबारीबाट २.५ किलोमिटर दक्षिण–पूर्वमा पर्छ।