काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सामाखुसी कोरिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोपमा बुधबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

४ करोड ३१ लाख ७२ हजार २ सय ८७ रुपैयाँ दुरुपयोग भएको अख्तियारको ठहर छ । आरोपपत्रमा बोलपत्र मूल्याङ्कन समितिका पदाधिकारीहरु निर्देशकहरु रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल, इन्जिनियर जनार्दन गिरीलाई पनि प्रतिवादी बनाइएको छ । परियार हाल सूचना तथा प्रसारण विभागको महानिर्देशक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय