उर्लाबारी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) उर्लाबारीमा आउने हुनुभएको छ ।
जेठ ३१ गते शनिबार उर्लाबारी–७ स्थित उर्लाबारी पार्टी प्यालेसमा पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा प्रचण्ड आउने हुनुभएको हो । विहान ९ बजेदेखि पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम हुने तय भएको नगरअध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । उक्त कार्यक्रम पश्चात उर्लाबारी–७ को नमूना बाल गृहमा अवलोकनका लागि जाने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष दंगालकै घरमा खाना खाएर झापाको दमकमा आयोजित कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय