उर्लाबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उर्लाबारी नगर सभापतिमा उमेशजंग थापा पुनः निर्वाचित भएका छन्। शनिबार उर्लाबारी-४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न प्रथम ऐतिहासिक नगर अधिवेशनबाट उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी कुमार दाहाललाई ६० मतको स्पष्ट अन्तरले पछि पार्दै सभापतिमा जित हासिल गरेका हुन्।
निर्वाचन समितिका संयोजक विनोद सुबेदीका अनुसार कुल १२४ मत खसेकोमा थापाले ९१ मत प्राप्त गर्दा दाहालले ३१ मतमा सीमित भएका थिए। अधिवेशनमा सभापतिसँगै अन्य पदाधिकारीको पनि चयन गरिएको छ।
उपसभापतिमा इन्दिरा कार्की, सचिवमा रिता तामाङ, सह–सचिवमा इन्द्र कमल अधिकारी निर्वाचित भएका छन्। त्यस्तै सदस्य पदमा यज्ञप्रसाद सुवेदी, अमृत कुमार परियार, शेखर श्रेष्ठ, हरिप्रसाद कट्टेल, विष्णुप्रसाद दुलाल, तेज प्रकाश कास्यप, अम्बिका कटुवाल र रश्मि अधिकारी विजयी भएका छन्।
प्रथम नगर अधिवेशनको उद्घाटन पार्टीका कार्यवाहक सभापति तथा पूर्व श्रम तथा रोजगार मन्त्री माननीय डोलप्रसाद अर्याल, पार्टीका सह–प्रवक्ता रमेश प्रसाई लगायतका नेताहरूले घण्टी बजाएर गरेका थिए।
रास्वपाको यो नगर अधिवेशनले उर्लाबारी क्षेत्रको संगठनात्मक बल मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय