
उर्लाबारी । मोरङको उर्लाबारी–६ स्थित नमूना विद्यालयको रुपमा स्थापित राधिका माबिले निजी एबं करार शिक्षक तथा कर्मचारीहरुको सेवा सञ्चालन सम्बन्धी कार्यविधी बनाएको छ ।
विद्यालयको प्रशासनिक व्यवस्थापन र सेवा सुविधाहरू अझ पारदर्शी, न्यायपूर्ण र प्रभावकारी बनाउने उद्देश्यले सो कार्यविधी निर्माण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमुले जानकारी दिनुभयो । विद्यालय शिक्षक, प्रशासन, कर्मचारी तथा समिति सम्बन्धित सबै पक्षहरूको सहयोग र सुझावमा कार्यविधी तयार गरिएको उहाँको भनाई छ । कार्यविधिले नियुक्ति, कर्तव्य, अधिकार, मूल्यांकन र सेवा सुविधा सम्बन्धी स्पष्ट नीतिहरू तय गरेको उहाँले जानकारी दिनुभयो । कार्यविधीमा शिक्षक तथा कर्मचारीहरूको प्रोत्साहन, पारिश्रमिक र व्यावसायिक विकासलाई प्राथमिकता दिइएको छ ।
विद्यालयको दीर्घकालीन संस्थागत मजबुती र गुणस्तरीय शिक्षा प्रवद्र्धनमा कार्यविधीले ठूलो योगदान दिने अध्यक्षको भनाई छ । सबैको एकता र सहकार्यको भावनाले मात्रै विद्यालयलाई नयाँ उचाइमा लैजान सक्ने उहाँले बताउनुभयो ।