उर्लाबारी । मोरङको उर्लाबारी वडा नं. ७ मा रहेको राधिका माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तिर्थ श्रेष्ठले बालिकाहरुमाथि यौन दुव्र्यवहार गरिएको घटनामा उर्लाबारी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
बुधबार जाहेरी परेसँगै प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको हो । जाहेरी परेसँगै शिक्षक श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने भएको छ । शिक्षक श्रेष्ठले बालिकाहरुलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ७ का जनप्रतिनिधि, प्रहरीसहित जिम्मेवार नागरिकहरुको उपस्थितिमा जेठ ३० गते भएको अनुगमनमा शिक्षक श्रेष्ठले आफुहरुमाथि यौन दुव्र्यवहार कुरा बताएका थिए । अभियानमै रहनुभएका उर्लाबारी–७ का जीवप्रसाद कट्टेलले सामाजिक सञ्जालमा अनुगमनको क्रममा बालिकाहरुले राखेका कुरा जस्ताको त्यस्तै राखेपछि चौतर्फी कुरा उठ्न थाल्यो । त्यसपछि शिक्षक श्रेष्ठलाई कार्वाहीको आवाज उठेको थियो । बुधबार इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बराल, सई चुणमणि पौडेलसहितको टिमले विद्यालयमा पुगेर घटनाको बारेमा जानकारी दिएको छ । घटना गम्भीर रहेकाले छानविनमा प्रहरी निरीक्षक बरालसहितको टिम खटिएको छ ।
यस्तै, नेकपा (माओवादी केन्द्र) उर्लाबारी–७, नेपाली कांग्रेस उर्लाबारी, अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी उर्लाबारी, नेपाल विद्यार्थी संघलगायतले विज्ञप्ति जारी गर्दै दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।























