उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित पशुपति आमाबिकी तृप्ती भण्डारीले राधिका पोएट आइडलको उपाधि जित्नु भएको छ ।
सोमबार उर्लाबारी–६ स्थित राधिका माध्यमिक विद्यालयको बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा भण्डारीले उपाधि जित्नुभएको हो । उर्लाबारी नगरपालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रस्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको राधिका पोएट आइडल सिजन १ मा राधिका माविका किस्मत बास्तोला दोस्रो र सोही विद्यालयका प्रतिक थुलुङ राई तेस्रो हुनुभयो । पोएट आइडलका लागि सहभागी ४८ जना विद्यार्थी मध्ये विभिन्न चरण पार गरेर १० जना फाइनल राउण्डमा प्रवेश गर्नुभएको थियो । फाइनल राउण्डमा १० जनालाई पछि पार्दै पशुपति आमाबिकी छात्रा भण्डारीले उपाधिसहित १० हजार रुपैयाँ जित्नुभएको छ । दोस्रो हुने बास्तोलाले ७ हजार र तेस्रो हुने राईले ५ हजार रुपैयाँ पाउनुभयो । उर्लाबारी वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौड्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोलिम पोमू लिम्बू, प्रधानाध्यापक कुमार पोख्रेल, शिक्षक महासंघ उर्लाबारीका अध्यक्ष मणिराज दाहाललगायतको उपस्थिति रहेको थियो । फाइनलमा साहित्यकारत्रय कृष्ण उदासी, सुमन मेवाहाङ र मुना आत्रेय निर्णायक रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय