उर्लाबारी । छोटो समयमै अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल मोरङको उर्लाबारी–७ मा रहेको नेपाल आदर्श अंग्रेजी माध्यमिक विद्यालयले होटल म्यानेजमेन्ट विषय पढाई हुने भएको छ ।
यसै शैक्षिक सत्रदेखि होटल म्यानेजमेन्ट विषय सुरुवात गर्न लागिएको विद्यालयकी प्रिन्सिपल सविना खड्का कार्कीले जानकारी दिनुभयो । होटल म्यानेजमेन्टका लागि आवश्यक पर्ने पूर्वाधार र प्रयोगशाला कक्ष तयार भइसकेको उहाँले बताउनुभयो । होटल तथा पर्यटनका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न यो विद्यालयले ४० जनाको सिटमा ‘होटल म्यानेजमेन्ट’ पढाउने तयारी गरेको छ । होटल म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण पढाई नेपाल आदर्शमा हुनेछ । तारे होटेलमा इन्टर्नसिप गर्ने अवसर विद्यार्थीहरुलाई दिइने विद्यालयले जनाएको छ । एसईई उर्तीण विद्यार्थीलाई यो कोर्स पढ्न पाउनेछन् ।
पढाई पुरा गरेपछि विद्यार्थीले आफैले व्यवसाय गर्न सक्ने, देशभित्रै रोजगारी पाउने र विदेश गएपनि दक्ष कामदारको रुपमा अरु भन्दा राम्रो तलव सुविधा पाउनेछन् । श्रमबजारको आवश्यकता अनुसारको ज्ञान, सीप र पढाई हुने भएकोले कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताइएको छ ।
दक्ष, अनुभवी शिक्षक–शिक्षिकाद्वारा अध्यापन,स्वच्छ, एकान्त एवं सुविधा सम्पन्न विद्यालय भवन, स्कुल बस, प्राथमिक उपचार, खेलकुद र अतिरिक्त क्रियाकलापको विशेष व्यवस्था, कम्प्युटर शिक्षा तथा स–साना नानीहरुका लागि विशेष रेखदेखको व्यवस्था, समय सापेक्ष प्राविधिक शैक्षिक क्रियाकलापलगायतमा पनि विद्यालयले जोड दिँदै आएको छ । विद्यालयले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अनुशासनमा रहन विद्यालयले प्रोत्साहित गर्ने गरेको छ । ३५ जना शिक्षक तथा १६ जना कर्मचारीहरु सो विद्यालयमा कार्यरत रहनुभएको छ भने ७ सय भन्दा बढी विद्यार्थी अध्ययरत रहनुभएको छ । दैनिक पढाई लेखाईका अलवा अतिरिक्त क्रियाकलापलाई मध्यनजर गरेर, शैक्षिक उन्नयनको अभिन्न अंग मान्दै विभिन्न अतिरिक्त क्रियाकलापहरु भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय