उर्लाबारी । मोरङको उर्लाबारीबाट लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी निरीक्षक रन्जन बराल र लागुऔषध विशेष ब्युरो शाखा कार्यालय काकडभिट्टा झापाबाट प्रहरी नायब निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले उर्लाबारीको पूर्व बसस्टेण्ड नजिकबाट आइतबार दिउँसो दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज बस्ने बर्ष ४७ की जन्हेरा खातुन र सोही स्थान बस्ने बर्ष १४ को मुनासिर अलिलाई शंका लागि चेक जाँच गर्दा उनीहरुको साथबाट खैरो हिरोईन जस्तो देखिने वस्तु प्लास्टिक सहित १०२ ग्राम र प्लास्टिक बाहेक १०० ग्राम बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । दुबैलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । उर्लाबारी प्रहरीले लागुऔषध नियन्त्रण गर्नका लागि अभियानै सञ्चालन गरिरहेको छ । यसअघिसमेत लागुऔषधका कारोबारीहरुलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय