मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका–६ शान्तिटोलस्थित शिवालय मन्दिर छेउ बुधबार बिहान आगलागी हुँदा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय कृष्णबहादुर दाहालको घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा सो क्षति भएको हो । आगलागीको समयमा घरका सबै सदस्य असारे रोपाइँका लागि खेतमा गएका थिए । आगलागीबाट घरमा रहेका फर्निचर बनाउने टुल्स, काठ तथा अन्य सामाग्रीहरू पूर्णरूपमा नष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय