
काठमाडौं । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ ।
उज्वेकिस्तानको राजधानी तास्केन्दको मिली रंगशालामा आज भएको खेलमा नेपालको जितमा कप्तान सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक गरिन् ।
पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा तीन र अतिरिक्त समयमा एक गोल गर्यो । गीता रानाले दुई, पूजा राना, निशा थोकर र रेखा पौडेलले एक/एक गोल गरेका थिए ।
नेपालले यसअघि भएको पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो ।
श्रीलंका भने पहिलो खेलमा घरेलु टोली उज्वेकिस्तानसँग १०–० को फराकिलो अन्तरमा हारेको थियो ।