विराटनगर । जिल्ला कारागार मोरङमा जबरजस्ती करणी मुद्दाका एक जना बन्दीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पाल रहेका छन् ।

जबरजस्ती करणी मुद्दामा उनी ११ मंसिर २०८१ सालदेखि कारागारमा छन् । उनको मुद्दा मोरङ अदालतमा विचाराधीन छ ।

शरीर सुन्निने र श्वासप्रश्वासमा समस्या भएपछि पाललाई उपचारका लागि १२ असारमा अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनको बुधबार दिउँसो मृत्यु भएको मोरङ कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय