उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित आगलागीबाट प्रभावित पशुपति दालमोड फ्याक्ट्रीलाई राहत वितरण गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघले आगलागीबाट प्रभावित पशुपति दालमोड फ्याक्ट्रीलाई राहत वितरण गरेको हो । गत असार १६ गते विद्युत सर्टका कारण संघका पूर्वअध्यक्ष तेजकुमार रिजालद्वारा सञ्चालित दालमोड फ्याक्ट्रीमा आगलागी हुँदा करिब १६ लाख रुपैयाँ बराबरको क्षति पुगेको थियो ।
उक्त क्षतिको अवस्थालाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघको विपद् राहत कोषमार्फत फ्याक्ट्री सञ्चालकलाई २५ हजार रुपैयाँ राहत उपलब्ध गराइएको संघका अध्यक्ष तारामान सिरेङले जानकारी दिनुभयो । बिहिबार संघले उक्त फ्याक्ट्रीमै पुगेर सो रकम हस्तान्तरण गरेको छ । राहत वितरण कार्यक्रममा संघका महासचिव सम्झना आचार्य, कोषाध्यक्ष दशरथ यादब (बेचन), पूर्वअध्यक्ष , सल्लाहकार समिति सदस्यहरू तथा कार्यसमिति पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय