
उर्लाबारी। उर्लाबारी नगरपालिकाको चौधौं नगर सभाको तेस्रो बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि एक अर्ब १८ लाख ५४ हजार रुपैयाँको बजेट पारित गरेको छ। बजेटमा पूर्वाधार विकास, वडा स्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिइएको छ।
नगरसभामा नगरका गतिविधिलाई प्राथमिकताका साथ प्रचार–प्रसार गर्ने निर्णयसहित पत्रकार जगन्नाथ भट्टराई, हरिप्रसाद कोइराला र ललिता भट्टराईलाई सम्मान गरिएको छ। त्यस्तै उत्कृष्ट शाखा र कर्मचारीका रूपमा राजश्व शाखा, इन्जिनियर राजेन्द्र थापा, नगर प्रहरी जवान सञ्जय प्रधान र कार्यालय सहयोगी दिपेश नेपाललाई जनही २५ हजार नगदसहित पुरस्कृत गरियो।
कार्यक्रममा तरकारी, फलफूल, खाद्यान्न, तेलहन, च्याउ, मौरी, गाई, बाख्रा, बंगुर, कुखुरा, घाँस र माछापालनमा उल्लेखनीय योगदान पुर्याउने १५ जना किसानलाई जनही १५ हजार नगदसहित सम्मान गरिएको छ।
नगर प्रमुख गंगाप्रसाद खरेलले बजेट समावेशी र व्यावहारिक भएको बताउँदै तत्काल समाधान नहुने २२ विषयबारे क्रमिक रूपमा समाधान गर्दै जाने बताए।