उर्लाबारी, उर्लाबारी नगरपालिका–३ मङ्गलबारेकी १४ वर्षीया आयुषा धिमाल कानेपोखरीबाट घर फर्किने क्रममा सम्पर्कविहिन भएकी छन्।
परिवारका अनुसार आयुषा केही दिनअघि कानेपोखरी–५ दुम्रीघाटस्थित मामाघर गएकी थिइन्। उनी शुक्रबार दिउँसो करिब २ बजे मामाघरबाट उर्लाबारीतर्फ घर फर्किएकी थिइन्। तर साँझसम्म नआएपछि परिवार र अभिभावकहरू चिन्तित र व्याकुल बनेका छन्।
परिवारका एक सदस्यले भने, “आयुषा घर फर्केको खबर पाएका थियौं, तर उनी अहिलेसम्म नआएपछि आफन्त र साथीभाइसँग खोजतलास सुरु गरेका छौं।”
घटनाबारे जानकारी पाएपछि स्थानीयवासी र प्रहरी समेत उनको खोजी कार्यमा जुटेका छन्।
तस्विरमा देखिएकी आयुषाबारे कुनै जानकारी हुनेले ९८१७३६४८३६ (सुमन धिमाल) मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ।























