काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै बैठकहरु लाइभ गर्ने निर्णय गरेका छन् । आज (आइतबार) मन्त्री नियुक्त भएका गुप्ताले पदभार ग्रहणपछि यस्तो निर्णय गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । सिरहाको लहान स्थायी घर भएका मन्त्री गुप्ता विगतदेखि नै सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएका थिए । गत भदौ २३ र २४ को जेन–जी आन्दोलनमा पनि उनी अग्रपंक्तिमा रहेका थिए । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा गुप्तामात्रै जेन–जी उमेर समूहका मन्त्री हुन् ।

मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाउनुका साथै, उनले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय