उर्लाबारी । मोरङको उर्लाबारी–७ स्थित मावा खोला अहिले बेहुलीजस्तै सिंगारिएको छ । छठ पर्वलाई लक्षित गर्दै खोलाको किनारमा रंगीन बत्ती, तोरण र फूलहरूले सजावट गरिएको हो ।
छठ पर्वका अवसरमा यस वर्ष मावा खोलामा १ सय ४७ वटा घाटहरू निर्माण गरिएको छ । भक्तजनहरूले सोमबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिने र मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने तयारी पूरा भएको छठ पूजा उपसमिति संयोजक राजेश यादबले जानकारी दिनुभयो ।
मैथिली सेवा समाज समिति उर्लाबारीको आयोजनामा हुने पूजाको तयारी अन्तिम चरणमा पुगेको छ । सुरक्षाका लागि स्थानीय प्रशासन, प्रहरी र स्वयंसेवकहरू पनि खटिइने जनाइएको छ । स्थानीयहरूका अनुसार मावा खोलाको घाटहरूमा यस वर्षको तयारी विगत वर्षहरूभन्दा झन् आकर्षक र व्यवस्थित बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय