उर्लाबारी — मोरङको लेटाङ–२ फडानीकी १३ वर्षीया अंशु गौतमको निर्मम हत्या प्रकरणले स्थानीय समुदाय मात्र होइन, सम्पूर्ण समाजलाई स्तब्ध र आक्रोशित बनाएको छ। गत असोज २१ गते साँझदेखि सम्पर्कविहीन रहेकी बालिका गौतमको शव कार्तिक ७ गते बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगलमा बीभत्स अवस्थामा फेला परेको थियो।
यस घटनाप्रति कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले गहिरो दुःख प्रकट गर्दै घटनाको कडा शब्दमा निन्दा गरेकी छिन्। उनले यस्तो अमानवीय व्यवहारले मानवता नै लज्जित भएको बताउँदै दोषीलाई कुनै हालतमा नछोड्न आग्रह गरेकी छिन्।
उनले भनिन्, “यो घटना केवल एक परिवारको पीडा मात्र होइन, सम्पूर्ण समाजको सुरक्षामाथिको प्रश्न हो। अपराधी जोसुकै भए पनि छिटो र निष्पक्ष अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ।”
प्रदेशसभा सदस्य चेम्जोङले सत्यतथ्य छानबिन गरी अपराधीलाई तत्काल पक्राउ गरी कानुनअनुसार कडा कारबाही गर्न सम्बन्धित निकायलाई माग गरेकी छिन्। साथै, उनले बालिकाको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय