काठमाडौं । नेपाली कांग्रेस संस्थापन समूहको भेलाले आगामी वैशाखमा महाधिवेशन गर्दा उचित हुने निष्कर्ष निकालेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफू निकटका नेताहरु भेला ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएका थिए । सो भेलामा उनले पार्टीको आगामी रणनीतिका बारेमा छलफल गरेका छन् ।

बैठकमा संस्थापन पक्षका पदाधिकारी, पूर्व पदाधिकारीसहित करिब ७०/७५ जनाको सहभागिता रहेको थियो । बैठकले पार्टी अहिले महाधिवेशनभन्दा पनि चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकाको बताइएको छ ।

‘आजको भेलामा ७०/७५ जना सहभागी थियौं । बैठकले अहिले महाधिवेशनभन्दा पनि चुनाव केन्द्रीत हुनुपर्ने निष्कर्ष निकालेको छ । वैशाखमा महाधिवेशन गराउने बारे संस्थापन समूहमा एकमत देखिएको छ,’– बैठकमा सहभागी एक सदस्यले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय