काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले केही आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्ने तथा लेख्ने गरेको अनुमान गरेका छन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘केहि केहि आशा लाग्दा अभियन्ताहरू र अगुवाहरूले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ । सर्को ताने पनि केहि छैन । तर सर्को तानेको बेलामा केहि पनि नबोल्न र नलेख्न अनुरोध छ ।’ गएराति काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा अश्लील शब्दसहितको स्टाटस लेखेका थिए । बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेका हुन् ।

महाविर पुनले लेखेको स्टाटस यस्तो
केही केही आशालाग्दा अभियानहरु र अगुवाहरुले बेला बेलामा सर्को तानेर बोलेको र लेखेको जस्तो जस्तो लाग्छ।
सर्को ताने पनि केही छैन।
तर, सर्को तानेको बेलामा केही पनि नबोल्न र नलेखन अनुरोध छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय