काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन्। उनले उक्त अभियानमार्फत ’तेस्रो र नयाँ बाटो’ विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै शर्माले यो अभियान कुनै नयाँ पार्टी नभएको, तर विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास गरेको बताए ।

अभियानले जारी गरेको विज्ञप्तिमा माओवादी आन्दोलनपछि नेपालमा कम्युनिस्ट आन्दोलन दिशाहीन बनेको र नेताहरू सत्ता तथा स्वार्थमा अल्झिँदा क्रान्तिकारी आदर्श कमजोर भएको उल्लेख छ। शर्माले माओवादी शान्ति प्रक्रियामा प्रवेशलाई ऐतिहासिक घुम्ती भने पनि त्यसपछि दलाल पुँजीवादको संसदीय प्रणालीमा भासिँदा आन्दोलनको आत्मा कमजोर भएको बताएका छन्।

शर्माले नेपालका मजदुर, किसान, उत्पीडित जाति, लिङ्ग र क्षेत्रका जनताको पक्षमा बोल्ने नयाँ राजनीतिक शक्ति निर्माणको आवश्यकता औँल्याएका छन्।

अभियानले नेपाललाई स्वाधीन, सम्पन्न र समानतामूलक समाजवादी राज्य बनाउने लक्ष्य राखेको उनले बताए । विश्व पुँजीवादका सिक्रीहरू तोड्दै शर्माले “नेपाली विशेषतायुक्त समाजवाद” निर्माणमा जोड दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय