उर्लाबारी । फाल्गुनन्द जयन्तीको अवसरमा मोरङको उर्लाबारीमा ‘विराट टिचिङ, प्रथम मंगलबारे क्रस कन्ट्री रन २०८२’ हुने भएको छ ।
बुधबार उर्लाबारी–३ को प्रार्थना रिट्रेटमा पत्रकार सम्मेलन गरी सो प्रतियोगिताका बारेमा जानकारी गराइएको हो । यही कार्तिक २६ गते शनिबार हुने सो प्रतियोगितामा नेपाल र भारतका ३ सय ३० जना रनर एकसाथ दौडिने छन् । सो प्रतियोगितामा भारतको मिरिक, सिलगुडीसहित नेपालको भोजपुर, उदयपुर, खोटाङ, चितवन, गुल्मी, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथरलगायतका जिल्लाबाट धावक–धाविकाहरुको सहभागिता रहने आयोजक समितिका अध्यक्ष प्रभू राईले जानकारी दिनुभयो । प्रतियोगिताका लागि ३ सय ५० जना धावकलाई मात्रै सहभागी गराइने उहाँको भनाई छ । मंगलबारे चोकबाट सुरु हुने उक्त दौड केरखाली चोक – सिरुझार स्कुल – सुनझोडा माध्यमिक विद्यालय – शान्ति आधारभूत विद्यालय – प्रस्तावित सालबारी रंगशाला हुँदै महेन्द्र राजमार्गमार्गबाट पुनः मंगलबारे चोकसम्म पुग्नेछ । खुल्लातर्फको दौडको कुल दुरी ११ किलोमिटरको रहने अध्यक्ष राईले जानकारी दिनुभयो । भेट्रान र यू–१५ का लागि ५ किलोमिटर दुरी रहने जनाइएको छ ।

May be an image of text

सहभागी खेलाडीका लागि टी–सर्ट, खाजा, जुसपानीको व्यवस्था गरिएको छ भने टाढाबाट आउने धावकका लागि खाद्यान्न र आवासको व्यवस्था समेत रहेको कार्यक्रम संयोजक हेमन्त लावतीले जानकारी दिनुभयो । नाम दर्ता गरेका खेलाडीलाई कार्तिक २५ गतेदेखि टी–सर्ट वितरण गरिने उहाँको भनाई छ । त्यस्तैगरी, विभिन्न उमेर समूहअनुसार फरक–फरक पुरस्कार प्रदान गरिने आयोजकका सचिब नुतन राईले जानकारी दिनुभयो । खुला समूह –महिला÷पुरुष)तर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार ५ सय र तृतीयले ५ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै, चौथोंले २ हजार र पाँचौदेखि दशौंसम्मले १÷१ हजार पुरस्कार पाउने उहाँको भनाई छ । यस्तै यू–१५ समूहमा –महिला÷पुरुष) प्रथम हुनेलाई ५ हजार, द्वितीयलाई ३ हजार र तृतीयलाई २ हजार नगद पुरस्कार प्रदान गरिनेछ । चौथोंदेखि साँतौसम्मले १÷१ हजार पुरस्कार पाउने छन् । भेट्रान समूहका लागि समेत यू–१५ सरहकै पुरस्कार तय गरिएको छ । विजेता खेलाडीहरुलाई नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । प्रतियोगिताको आयोजना गर्नुको मुख्य उद्देश्य उर्लाबारीका धावक–धाविकाका लागि आर्थिक कोष स्थापनासहित खेलकुदप्रति उत्प्रेरणा जगाउने रहेको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ३ लाख ५१ हजार ७ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रायोजक तथा सहयोगीदाताको भरमा प्रतियोगिता आयोजना गर्न लागिएको छ । स्थानीय तहबाट कुनै सहयोग प्राप्त नभएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय