केरावारी, मोरङको केरावारी गाउँपालिका–८ निवासी १४ वर्षीया सन्ध्या साह मृत अवस्थामा फेला परेकी छन्। आइतबारदेखि बेपत्ता भएकी सन्ध्याको शव बिहिबार वडाकै एकान्त स्थानमा फेला परेको हो।
सन्ध्या मच्छिन्द्र माध्यमिक विद्यालयकी कक्षा ९ की विद्यार्थी थिइन्। विद्यालय गएको दिनदेखि घर नफर्केपछि परिवारजनले खोजतलास थालेका थिए। चार दिनसम्म निरन्तर खोजी गरेपछि बिहान उनको शव लावारिस अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा घटनाको प्रकृति शंकास्पद देखिएको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीको टोली पुगेको र थप अनुसन्धान अघि बढाइएको बताइएको छ।
स्थानीयवासीले बालिका सन्ध्याको मृत्युप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बालबालिकाको सुरक्षाप्रति सरकार र सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने माग गरेका छन्।
हाल प्रहरीले शव पोस्टमार्टमका लागि पठाएको र घटनामा संलग्न हुन सक्ने व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।
पछिल्ला दिनहरुमा मोरङ जिल्लाका विभिन्न स्थानमा बालबालिका बेपत्ता र मृत फेला पर्ने घटना बढ्दो क्रममा रहेको छ । उक्त घटनाले स्थानीय समुदायलाई पुनः त्रसित बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय