उर्लाबारी । उर्लाबारी–५ मधुमल्ला रोडस्थित पंचावटी अस्पताल अगाडि युवा व्यवसायी मदन राई (काजी) ले अत्याधुनिक जिम ‘उर्लाबारी फिटनेस सेन्टर’ सञ्चालनमा ल्याएका छन् ।

करिब ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको सो व्यायामशालामा महिला र पुरुषका लागि छुट्टाछुट्टै समय व्यवस्था गरिएको सञ्चालक राईले जानकारी दिनुभयो । उहाँका अनुसार बजारमा उपलब्ध अत्याधुनिक मेसिन र सुविधासहितको यो जिम स्थानीय युवायुवतीको स्वास्थ्य र फिटनेसमा योगदान पुर्‍याउने उद्देश्यले स्थापना गरिएको हो ।

राईका अनुसार जिममा व्यक्तिगत प्रशिक्षण (पर्सनल ट्रेनिङ) सहित आधुनिक व्यायाम उपकरणहरू जडान गरिएको छ । उहाँले स्वस्थ जीवनशैली र शारीरिक तन्दुरुस्तीतर्फ युवाहरूलाई आकर्षित गर्न यो फिटनेस सेन्टरले सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय