उर्लाबारी । आगामी पुष ४, ५ र ६ गते जनकपुरमा हुने नेपाल जेसीजको राष्ट्रिय सम्मेलनमा उर्लाबारी जेसीजले नविन श्रेष्ठलाई उपाध्यक्ष पदका उम्मेदवारका रूपमा अघि सारेको छ ।
सन् २०२४ का उर्लाबारी जेसीजका अध्यक्ष समेत रहेका श्रेष्ठलाई उर्लाबारी जेसीजको बैठकले सर्वसम्मत रूपमा राष्ट्रिय उपाध्यक्षका लागि अघि बढाउने निर्णय गरेको हो । उर्लाबारी जेसीजको तर्फबाट भोलेश्वर दुलाल नेपाल जेसीजका राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका थिए भने राष्ट्रिय उपाध्यक्षमा प्रितम खड्गी र विपुल रिजाल निर्वाचित हुनुभएको थियो । जनकपुरमा हुने उक्त राष्ट्रिय सम्मेलनमा देशभरका करिब १ हजार ५ सय प्रतिनिधिहरूले मतदान गर्ने जनाइएको छ ।























