उर्लाबारी । देउसी भैलो केवल मनोरञ्जनका लागि मात्र होइन, समाजसेवाको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण उर्लाबारीका युवाहरूले देखाएका छन्। ममता आले मगरको नेतृत्वमा खेलेको देउसी भैलो समूहले यस वर्ष संकलित रकमबाट दुई सामाजिक कार्य गरेका छन् — एकजना बिरामी पूर्व खेलाडीको उपचारमा सहयोग र ज्येष्ठ नागरिक आश्रमलाई सहयोग।
समूहले उर्लाबारी–३ का पूर्व फुटबल खेलाडी बलबहादुर धिमालको उपचारका लागि ११ हजार सहयोग गरेको छ। यस्तै, दमकस्थित रत्न ज्येष्ठ नागरिक आश्रमलाई १९ हजार १ सय ५० सहयोग हस्तान्तरण गरिएको हो।
ममता आले मगर भन्छिन्, “हामीले रमाइलोका साथ देउसी भैलाे खेलेका थियौं, तर रमाइलोको साँचो अर्थ अरूलाई खुशी दिनु हो भन्ने महसुस भयो।”
स्थानीय बासिन्दा र खेलप्रेमीहरूले पनि समूहको पहलको प्रशंसा गरेका छन्। धिमालको उपचारमा सहयोग जुटाइएको थाहा पाएपछि धेरैले यसलाई समुदायको एकता र जिम्मेवारीको उत्कृष्ट उदाहरण भनेका छन्। उर्लाबारीका युवाहरूले देउसी भैलोको संस्कृति जोगाउँदै त्यसलाई सामाजिक सद्भाव र मानवीय सहयोगको अभियानमा रूपान्तरण गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय