मोरङ । वैदेशिक रोजगारका क्रममा कुवेतमा निधन भएकी मिक्लाजुङ गाउँपालिका–१ निवासी ३४ वर्षीया गंगा माया राई (निरु बेबी) को शव ल्याउन नेपाली कांग्रेसका नेता चिरञ्जीबी थापाले सहयोग गर्नुभएको छ ।
करिब तीन हप्ता अघि कुवेतमा निधन भएकी राईको शव बुधबार राति करिब ११ बजे काठमाडौँ आइपुगेको परिवारले जनाएको छ । काठमाडौंबाट घरसम्म शव ल्याउने सम्पूर्ण वित्तीय व्यवस्थापन कांग्रेस महासमिति सदस्य थापाले नै मिलाइदिएका छन् । थापाले आवश्यक रकम तथा प्रक्रिया मिलाइदिएपछि राईको शव घर ल्याइएको छ । परिवारजनले सहयोगका लागि नेता थापाप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय