उर्लाबारी । मोरङको उर्लाबारीका तीन पत्रकार सम्मानित हुनुभएको छ ।
उर्लाबारी–७ स्थित महिला विकास तथा बालबालिका चेतना केन्द्रको २७ औं बार्षिक साधारणसभाको अवसरमा उर्लाबारीका पत्रकार दुर्गाप्रसाद खतिवडा, जगन्नाथ भट्टराई र घनश्याम भण्डारी सम्मानित हुनुभएको हो । कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले सम्मानपत्रसहित उहाँहरुलाई सम्मान गर्नुभएको छ । तीन दशकदेखि पत्रकारिता क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका खतिवडा अलकापुरी नेपाल साप्ताहिकका सम्पादक÷प्रकाशक रहनुभएको छ भने भट्टराई पूर्वज्योति साप्ताहिकका सम्पादक÷प्रकाशक हुनुहुन्छ । भण्डारी उर्लाबारी न्यूजका सञ्चालक हुनुहुन्छ । तीनै जना सञ्चार क्लब नेपालका पूर्वअध्यक्षसमेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय