नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधर समूहद्वारा आयोजित विशेष भेलामा कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागोले पार्टी नेतृत्वलाई कडा चेतावनी दिएका छन्। भेलालाई सम्बोधन गर्दै उहाँले पार्टीका शीर्ष नेताहरू जनताको अपेक्षा अनुसार नचलेको र आन्तरिक सुधारको आवश्यकता अत्यावश्यक बनेको बताउनुभयो।

सहमहामन्त्री खड्ग फागोका अनुसार, “नेताहरू फेरि पनि नसुध्रिने हो भने जेनजी आन्दोलनभन्दा पनि भयावह परिस्थितिको जन्म हुन सक्छ।” जनताप्रति इमान्दार भएर काम नगर्ने, संगठनलाई सुदृढ नबनाउने र पार्टीभित्रको असन्तुष्टिलाई सम्बोधन नगर्दा पार्टी कमजोर बन्दै गएको उहाँको आरोप थियो।

उहाँले नेतृत्वले बारम्बार विधान विपरीत निर्णय लिने, पार्टीभित्र बोल्ने वातावरण नबनाउने र सुधारको आवाज उठाउनेलाई ‘पार्टी फुट्छ’ भनेर बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको जिकिर गर्नुभयो। “विधान अनुसार चल्नुपर्छ भनेर आवाज उठाउँदा पार्टी फुट्ने होइन, नेतृत्वको गलत अभ्यासका कारण पार्टी चल्न नसकेको हो,” उहाँले भन्नुभयो।

भेलामा सहभागी कार्यकर्ताहरूले पनि पार्टीमा विधि, पारदर्शिता र जवाफदेहिताको माग गर्दै वर्तमान नेतृत्वले संगठनलाई सही दिशामा नलिए आन्दोलन अपरिहार्य हुन सक्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय