“स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नाराका साथ आज डिसेम्बर ५, २०२५ मा उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाले २२ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ ।
कार्यक्रम उर्लाबारी नगरपालिकाकी उप–मेयर मीना कुमारी खतिवडा पौडेलज्यूको अध्यक्षतामा सम्पन्न भयो। स्वास्थ्य सेवा प्रवर्धन, मातृ–शिशु स्वास्थ्य सुरक्षा, नियमित स्वास्थ्य परामर्श तथा समुदायमा चेतना अभिवृद्धिमा स्वयंसेविकाहरूले दिएको निरन्तर योगदानबारे कार्यक्रममा विशेषरूपमा चर्चा गरियो।
यस अवसरमा नगरपालिकाका प्रत्येक वडा (१–९) बाट छानिएका उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिनुका साथै प्रशंसापत्र वितरण पनि गरेको छ।
कार्यक्रममा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत शालिग्राम काफ्ले, स्वास्थ्य शाखा प्रमुख सुरेश खड्का, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
उप मेयर मीना कुमारी खतिवडा पौडेलज्यूले स्वयंसेविकाले समुदायमा पुर्याउँदै आएको निःस्वार्थ सेवा र समर्पणको प्रशंसा गर्दै स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन निरन्तर सहकार्य आवश्यक रहेको धारणा व्यक्त ब्यक्त गर्नू भएको छ ।























