उर्लाबारी । नेपाली कम्यूनिष्ट पार्टीका नेता तथा पूर्व सांसद कुलप्रसाद साँबा(कुशल) को पिता बृखबहादुर साँबा निधन भएको छ ।
आइतबार उहाँको किराँत धर्मअनुसार मिक्लाजुङ–३ रत्नपुरमा अन्तेष्टी गरिएको हो । श्रद्धाञ्जली व्यक्त गर्न माङसेवुङ गाँउपालिकाको लारुम्बाबाट गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाडमा लिङ्देन आउनुभएको थियो । अन्तेष्टीमा नेपाली कम्यूनिष्ट पार्टीका केन्द्रीय नेता सावित्रीकुमार काफ्ले (समर), प्रदेश सांसद विद्या चाम्लिङ, विशेन्द्र चेम्जोङलगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । मोरङ मिक्लाजुङ–३ स्थित निवासमा ८५ वर्षको उमेरमा बृखबहादुरको शनिबार निधन भएको थियो ।























