उर्लाबारी, उर्लाबारीमा पहिलो पटक कृत्रिम बौद्धिकता (एआई) विधिबाट क्षयरोगको परीक्षण गरिएको छ । उर्लाबारी नगरपालिकाको आयोजनामा ५ सय ९ जना नागरिकको क्षयरोग परीक्षण गरिएको हो ।
राजघाटस्थित स्वास्थ्य चौकी र वडा नम्बर ५ स्थित आधारभुत स्वास्थ्य केन्द्र परिसरमा छुटाछुट्टै शिविर आयोजना गरी यत्तिका नागरिकको परीक्षण गर्दा ८ जना शंकास्पद बिरामी भेटिएको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकुत रेनुकाप्रसाद काफ्लेले बताए ।
नगरपालिकाले एआई विधिबाट पहिलो पटक क्षयरोग परीक्षण गरेको हो । यो विधिबाट परीक्षण गर्दा एक मिनेटभित्रै बिरामीमा क्षयरोग भए नभएको पुष्टि हुने बताइएको छ ।
एआई विधिबाट परीक्षण गर्दा शंकास्पद भेटिएका ६८ जनाको थप परीक्षणका लागि खकारको नमुना संकलन गरिएको अधिकृत काफ्लेले जानकारी दिए । उनका अनुसार परीक्षणमा रोग पहिचान भएकाहरुको निःशुल्क उपचार गरिनेछ ।























