मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दुर्गाकुमारी तामाङ यतिबेला घरदैलो अभियानमा सक्रिय रूपमा जुट्नुभएको छ। उर्लाबारी, मिक्लाजुङ, लेटाङ र केराबारीका विभिन्न गाउँ–टोलमा पुगेर उहाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेन्डा प्रस्तुत गरिरहनुभएको छ।

हाल राष्ट्रिय परिवर्तन पार्टी मोरङकी संयोजकसमेत रहनुभएकी तामाङ पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा वैचारिक अभियानमा सक्रिय नेतृका रूपमा चिनिनुहुन्छ। ऊर्जा क्षेत्रका प्रख्यात व्यवस्थापक कुलमान घिसिङ को नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी सँग एकतापछि उहाँ मोरङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बन्नुभएको हो । उहाँको चुनाव चिन्ह “बाँसुरी” रहेको छ। महिला सशक्तिकरण, विपन्न समुदायको सहयोग, शिक्षा तथा स्वास्थ्य सचेतनाजस्ता क्षेत्रमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी तामाङ समाजका समस्यामा प्रत्यक्ष रूपमा जनताको घरदैलोमा पुगेर समाधान खोज्ने शैलीका कारण स्थानीयबासीमाझ लोकप्रिय हुनुहुन्छ। घरदैलो अभियानका क्रममा उहाँले जनताका गुनासा र सुझाव सुन्दै विकास, समान अवसर र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याउँदै आउनुभएको छ। “जनताको सेवा र समृद्धि” उहाँको मूल नारा रहेको छ। सामाजिक सेवाबाट सुरु भएको उहाँको राजनीतिक यात्रा अहिले संसदीय राजनीतिमा प्रवेश गरेको छ। जनताको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धतासहित तामाङ मोरङ–१ मा चुनावी मैदानमा सक्रिय रहनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय