उर्लाबारी । मोरङको मिक्लाजुङ–३ का आगलागी पीडितलाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति एबं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको नेतृत्वमा २१ हजार रुपैयाँ सहयोग गरिएको छ ।
स्थानीय गंगा पुलामी मगरको घरमा चैत्र २८ गते आगलागी हुँदा घरलगायत जलेर नष्ट भएको थियो । आर्थिक अवस्था कमजोर भएका उक्त परिवारलाई सभापति फागोले सहयोग हस्तान्तरण गर्दै विपतको अवस्थामा सबैले साथ र सहयोग गर्नु पर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय