विराटनगर । प्रदेश १ मा आइतबार ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९८ महिला र १०२ पुरुषसहित २०० जनामा संक्रमण देखिएको छ । यस्तै, सुन्दरहरैचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनवर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ ।

उता, सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२, भोक्राहा नरसिंह, बर्जु र गढीमा १–१, झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२ र कन्काईमा १ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । यसैगरि, ते¥हथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ । संक्रमितमध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको छ ।

प्रदेशमा आइतबार ९ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय