काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७ हजार २११ जना भन्दा बढी नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा देशभर १६ हजार १४७ जनाको आरटी–पीसीआर गर्दा ७ हजार १३७ जना र ६२३ जनाको एन्टिजेट परीक्षण गर्दा ७४ जना गरी कुल ७२११ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ३६ हजार ३० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ८३ हजार ९९४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३२५ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ जना छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २५ लाख ४ हजार ४७६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ४८ हजार ७११ जना आइसोलेसन र ६७ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय