
काठमाडौं । कोभिड–१९ का गम्भीर बिरामीलाई प्रयोग गरिने ३ हजार भाइल रेम्डेसिभिर रेम्डेसिभिर खोप आज काठमाडौं आइपुग्ने भएको छ ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले दिएको जानकारी अनुसार हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज ३ हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्न लागेको हो ।
यस्तै भोलि बुधबार पनि ४ हजार भाइल रेम्डेसिभिर औषधि नेपाल आइपुग्ने छ । विभागले कोभिडका बिरामीलाई प्रयोग हुने अर्को इन्जेक्सन टोसिलीजुमाव आयात गर्न पनि अनुमति दिएको छ ।
साथै औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदका लागि विभिन्न कम्पनीहरुलाई अनुमति पनि दिएको छ ।