
काठमाडौं। भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २२९ जना संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमतिको संख्या २ करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जारी गरेको पछिल्लो आँकडा अनुसार सो अवधिमा कोभिड–१९ बाट ३ हजार ४४९ जनाको ज्यान गएको छ । योसँगै मृतकको संख्या २ लाख २२ हजार ४०८ जना पुगेको छ ।
भारतमा हाल सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।