
उर्लाबारी । उर्लाबारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।
ज्वरो आएपछि परिक्षणको क्रममा निमित्त प्रमुख घिमिरेलाई आज कोरोना संक्रमण देखिएको हो । घिमिरे विराटनगरस्थित होम आइसोलेसजान हुनुहुन्छ । सामान्यबाहेक अरु लक्षण नदेखिएको उहाँले जानकारी दिनुभयो । त्यस्तै, केही दिन अघि नगरपालिकाका जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिनालाई कोरोना संक्रमण देखिएको थियो ।