
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको अत्यावश्यक बाहेक अन्य सेवा बन्द भएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मुरारी घिमिरे, जिन्सी शाखा प्रमुख नरेन्द्र तिम्सिनालाई कोरोना भाइरसको संक्रमण देखिएसँगै बैशाख २८ गतेसम्म नगरपालिका र मातहतका कार्यालयबाट प्राप्त हुने सेवा बन्द भएको हो । विश्वब्यापी रुपमा फैलदै गइरहेको नयाँ भेरियेन्टको कोराना भाइरसको जोखिम बढिरहेकाले उर्लाबारी नगरबासीहरु सचेत र सजग रहन उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले अपिल गर्नुभएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । भिडभाडमा नजान र जानै पर्ने भए माक्स, सेनिटाइजरको प्रयोग गर्न, २५ जनाभन्दा बढी भेला नहुन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।