उर्लाबारी । मोरङको उर्लाबारी–३ का प्रकाश थापाले सार्वजनिक पैनीमाथी घर निर्माण गरी आफ्नो जग्गा अतिक्रमण गरेको भन्दै स्थानीयले नक्सा बमोजिम पैनी कायम गरिदिन माग गरेका छन् ।
स्थानीय जीवन गुरागाई, सन्तोष कार्की, शिवराम कार्की, फडिन्द्र विश्वकर्माले नक्सा बमोजिम पैनी कायम गरिदिन माग गर्दै आज उर्लाबारी नगरपालिका र वडा नं. ३ को कार्यालयमा निवेदन दिएका हुन् । आफुहरुको जग्गामा पैनी बगिरहेको र पैनीको जग्गा चाँही ब्यक्तिले भोगचलन गर्दै आएकाले प्राविधिक टोलीबाट नापजाँच गरी पैनीको नक्सा बमोजिम कायम गराइदिन माग गरेका छन् । पटक पटक यस विषयमा आवाज उठाएपनि सम्बन्धित निकायले ध्यान नदिएको उनीहरुको गुनासो छ । एक सार्वजनिक कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले सार्वजनिक पैनीमा निर्माण भएको थापाको घर भत्काउने घोषणा गर्नुभएको थियो । त्यसपछि थापाले पत्रकार सम्मेलन गरी सार्वजनिक पैनीमा घर नबनेको दाबी गर्दै आउनुभएको छ । तर, स्थानीयहरुले नक्सामै सार्वजनिक पैनी भएको र त्यसलाई थापाले अतिक्रमण गरेको जनाएका छन् । थापा नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ क का सभापति हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय