काठमाडौं । वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल र कांग्रेस–माओवादी–जनता समाजवादी–माधव–झलनाथ गठनबन्धनबाट खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।

दुवै जना उम्मेदवारले हेटौंडा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । बादलको प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन् ।

‘स्वतन्त्र उम्मेदवार’ देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका असन्तुष्ट पक्ष माधव–झलनाथ समूहको समर्थन छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय