उर्लाबारी । मोरङको उर्लाबारी एक जना सुनचाँदीको कारोबार गर्ने व्यापारी सर्वसाधरणको करोडौं रूपैयाँ लिएर फरार भएका छन् ।

आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको करोडौं रूपैयाँ लिएर उर्लाबारी नगरपालिका–६ डिबि मार्गमा रहेको गौतम सुनचाँदी पसलका संचालक राजेश भनिने गोपाल गौतम फरार भएका हुन् ।

पीडितहरूका अनुसार उर्लाबारी तीन सय जना बढी सर्वसाधरणले ब्याजमा लगाएको १२ करोड रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएको बताएका छन् । उर्लाबारी–१ का पदम भण्डारीले १४ लाख ६५ हजार ६ सय २० रुपैयाँ गौतमको सुन पसलमा २ रुपैयाँ प्याज पाउने सर्तमा जम्मा गरेका थिए । उनले उक्त रकम जम्मा गरेपछि गौतमले पासबुक दिएका छन् । मजदुरी गरेर परिवार पाल्दै आएका भण्डारीले घर बनाउने पैसा ब्याजमा लगाएका हुन् । ‘खाइ नखाइ कमाएको पैसा राम्रो ब्याज आउने भएपछि नियमित कारोबार गर्दै आएको नजिकको साथीको सुनपसलमा पैसा ब्याजमा लगाएको थिए,’ भण्डारीले भने, ‘सुरूवातमा ब्याज पनि दिइयो । त्यसपछि कारोबार राम्रो गर्ने रहेछ भनेर १४ लाख ६५ हजार ६ सय २० रुपैयाँ जम्मा गरे । मेरो मात्र होइन वृद्ध भइसक्नुभएको आमाको सामाजिक सुरक्षा भत्ता १ लाख ५० हजार रुपैयाँ थियो । त्यो पनि गौतमको पसलमा ल्याएर ब्याजमा लगाएको थिए । अहिले गौतम फरार छन् ।’ दुःख गरेर आर्जेको पैसा लिएर गौतम फरार भएपछि समस्या आइलागेको उनले बताए । ‘दिनरात नभनी दुःख गरेर आर्जेको पैसा घर बनाउने सपना थियो । खाइ नखाइ जम्मा गरेको पैसा लिएर फरार भएपछि अहिले समस्या परेको छु,’ उनले भने, ‘ब्याजमा लगाएको पैसा उठाउन सबै निकामा पुगिसके । अहिलेसम्म ब्याजमा लगाएको पैसाँ उठान सकेको छुइन् ।’

ब्याजमा लगाएको पैसा लिएर गौतम फरार भएपछि भण्डारी मात्र बिचल्लमिा परेका होइन् । यहाँका अन्य थुप्रै सर्वसाधरण छन् । भण्डारीकै बहिनी उर्लाबारीकी मन्जु कार्कीले पनि गौतम सुनचाँदी पसलमा २ प्रतिशत ब्याजमा २ लाख २५ हजार रुपैयाँ निक्षेप राखेकी थिइन् । ब्याज आउने समयमा सावा र ब्याज लिन जाँदा व्यापारी गौतम फरार भएको उनले बताइन् । तीन सयभन्दा बढीले बचत गरेको रकम लिएर गौतम गत साउनमा फरार भएको पीडितहरुको भनाइको छ ।

गोपाल गौतमदेखि पीडित भएका पदम भण्डारी ब्याजमा लगाएको पासबुक र करोडौं रुपैयाँ लिएर फरार भएका गौतमको फोटो देखाउँदै ।
३ सय भन्दा बढी सर्वसाधरणको १२ करोड भन्दा बढी रकम लिएर गौतम फरार भएपछि राजेश गौतम पीडित पहल समूह बनाएको छ । सो समितिको अध्यक्ष गजेन्द्र दंगाल रहेका छन् । उनीहरू अहिले बचत गरेको पैसा फिर्ता ल्याउन र दोषीलाई कारबाही गराउन स्थानीय प्रशानदेखि जनप्रनिधि र सरोकारवालासँग पुगका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय हुदै मोरङ प्रहरीमा सुनचाँदी व्यापारी गौतमविरुद्ध ठगी मुद्दा दर्ता गराएका गराएको दंगालले बताए । ‘उजुरी दिएको लामो समय भइसक्यो । अहिलेसम्म गौतम पक्राउ परेका पनि छैन । सम्पर्कमा आएका छैनन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय