
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जना र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै आइतबार देशभर ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् ।