काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणबाट गत २४ घण्टामा थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या ४ लाख १३ हजार १११ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना रहेको छ ।

२४ घण्टामा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय